आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

६ स्थानमा नदीको जलस्तर खतराको तह पार

आइतबार, १३ असोज २०८१, १८ : ०८
आइतबार, १३ असोज २०८१

काठमाडौँ । देशका विभिन्न नदीहरूमा जलस्तरखतराको तह पार गरेको छ । आइतबार साँझ ६ बजेको तथ्याङ्क अनुसार विभिन्न ६ स्थानमा नदीहरूको जलस्तर खतराको स्तरमाथि रहेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको बालकुमारीमा मनोहरा नदीको जलस्तर खतराको तहभन्दा माथि रहेको छ । त्यस्तै, ललितपुरको खोकनामा बागमती नदीको जलस्तरले खतराको तह पार गरेको छ । यद्यपि, त्यहाँ जलस्तर घट्ने क्रममा छ ।

उता, धनकुटामा अरुण नदी र तमोर नदी, सिन्धुलीमा सुनकोशी र भोजपुरमा सुनकोशी नदीको जलस्तर खतराको तहमाथि रहेको छ । यसैगरी, मकवानपुरमा बागमती नदी र सिन्धुपाल्चोकमा सुनकोशी नदीको जलस्तर उच्च रहेको छ ।

badi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप