आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

के छ राप्रपाले सरकारलाई दिएको ८ बुँदे सुझावमा ?

आइतबार, १३ असोज २०८१, १८ : ००
आइतबार, १३ असोज २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई ८ बुँदे लिखित सुझाव दिएको छ । पार्टी प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ८ बुँदे  ‘प्राकृतिक विपत्तिको पूर्व तयारी’ विषयमा सुझाव बुझाएका हुन् । 

सुझावमा राप्रपाले जोखिम पहिचान र मूल्याङ्कन‚ पूर्वसूचना प्रणाली‚ भौतिक पूर्वाधार निर्माण‚ समुदायमा आधारित विपत् व्यवस्थापनको विषय समावेश गरेको छ । यस्तै‚नीतिगत व्यवस्था‚ अनुसन्धान तथा विकास‚ पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा भौतिक पूर्वाधारको नियमित मर्मत सम्भारको विषय समावेश गरिएको छ । 

‘नेपाल जस्तो भू–भागमा बाढी पहिरोको जोखिमलाई पूर्ण रूपमा अन्त्य गर्न असम्भव भए पनि प्रभावकारी पूर्व तयारीमार्फत यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। यसका लागि सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र र आम नागरिक सबैको सक्रिय सहभागिता आवश्यक छ‚’ समावेश गरिएको सुझावमा लेखिएको छ ।

rpp1rpp2rpp3rpp4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप