प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न
![प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न](https://npcdn.ratopati.com/media/news/photo-1_cblfF2ccdk.jpg)
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय वीरगन्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरुलाई धन्यवाद दिँदै, मानवजीवन रक्षाका लागि अत्यावश्यक रगत सङ्कलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे ।
बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु