बाढी पहिरो पीडितहरूको उद्धारमा सरकारले लापरबाही गरे आन्दोलन गछौँ : लक्ष्मण पन्त

काठमाडौँ। होशियारपुर पन्जाब नेपाली एकता मञ्चले बाढी पीडितको उद्धारमा सरकारको चरम उदासीन र लापरबाही देखिएको आरोप लगाएको छ । आइतबार भएको मञ्चको भेलाले तत्काल स्रोत र शक्ति परिचालन गरी पीडितहरूको उद्धार गर्न सरकारसँग माग गरेको छ ।
भेलालाई सम्बोधन गर्दै दक्षिण एसियाका इन्चार्ज तथा नेकपा माओवादी केन्द्रका नेता लक्ष्मण पन्तले सरकारले यस्तै लापरबाही गरेमा आन्दोलन गर्ने चेतावनी दिए । ‘बाढी पीडितको उद्धारमा सरकारको चरम उदासीनता लापरबाही देखियो । सबै स्रोत र शक्त परिचालन गरी बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गर्दछौँ । यदि सरकारले यस्तै लापरबाही गर्ने हो भने आन्दोलनको ठुलो आँधी आउनेछ । त्यसको नेतृत्व माओवादीले गर्नेछ’, सरकारलाई चेतावनी दिँदै पन्तले भने ।
भेलाले अखिल भारत एकता मञ्चको जलन्धरमा १३, १४ र १५ अप्रिलमा हुने नवौँ राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने पनि निर्णय गरेको छ । कार्यक्रममा दक्षिण एसिया पार्टी संयोजक राजेन्द्र शर्मा, सहसंयोजक जेबी रसाइलीको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता कमला शर्माले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’
-
स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)
-
३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
-
पशुपतिनाथ क्षेत्रमा एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै
-
सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकियो, काम सुरु भएन