इजरायली हमलामा इरानी कमान्डरको मृत्यु

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर आफ्नो सेनाको कमान्डरको निधन भएको खबरको इरानले पुष्टि गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले एक विज्ञप्ति जारी गर्दै आईआरजीसी अपरेशनका डेपुटी कमान्डर ब्रिगेडियर जनरल अब्बास निलफोरसन मारिएको पुष्टि गरेको हो ।
यस विज्ञप्तिमा अब्बास निलफोरुशनको मृत्युमा आईआरजीसीले बदला लिने भनेर उल्लेख गरेको छैन । तर, आईआरजीसीले लेबनानमा इजरायली गतिविधिको भने आलोचना गरेको छ । आईआरजीसीले हमास नेता इस्माइल हनियाको मृत्युको बदला लिने कुरा यसअघि धेरै पटक गरेको थियो । इस्माइल हानियाको जुलाईको अन्त्यमा तेहरानमा हत्या भएको थियो ।
विज्ञप्तिमा आईआरजीसीले अब्बास निलफोरौशनलाई लेबनानमा सैन्य सल्लाहकार बताइएको छ । साथै प्रतिरोधी मोर्चा र इरानको रक्षामा निलफोरुशनको भूमिकाको पनि प्रशंसा गरेको छ । अली जाहेदी पछि, निलफोरुशनलाई सन् २०१९ मा आईआरजीसीका डिप्टी अपरेसनको रूपमा नियुक्त गरिएको थियो । यसअघि उनी आईआरजीसीको कमान्ड एन्ड स्टाफ युनिभर्सिटीका प्रमुख थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि