आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी क्रिकेट टोलीका छनोटकर्ता मोहम्मद युसुफको राजीनामा

आइतबार, १३ असोज २०८१, १७ : ०३
आइतबार, १३ असोज २०८१

काठमाडौँ । मोहम्मद युसुफले पाकिस्तानको पुरुष क्रिकेट टोलीको छनोटकर्ता पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनमाको जानकारी दिएका छन् । उनले ब्यक्तिगत कारणले छनोटकर्ता पदबाट राजीनामा दिएको बताएका छन् ।

‘मैले ब्यक्तिगत कारणले पाकिस्तानी क्रिकेट टोलीको छनोटकर्ता पदबाट राजीनामा दिएको छु । यो पदमा रहेर काम गर्दा मैले गौरवको अनुभव गरेको छ । पाकिस्तानी क्रिकेटको सफलतामा योगदान पु¥याउन पाउँदा खुसी पनि लागेको छ,’ सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर) मा उनले भनेका छन् ।

उनले पाकिस्तानी खेलाडी क्षमता र परिश्रमबाट आफू प्रभावित भएको पनि उनले बताएका छन् । हाम्रा खेलाडीको क्षमताबाट म निकै प्रभावित छु । म राष्ट्रिय टोली र सम्पूर्ण खेलाडीलाई अगामी दिनमा सफलताको शुभकामना दिन चाहन्छु,’ उनले अगाडि भनेका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि मोहम्मद युसुफले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ । ‘मोहम्मद युसुफले छनोटकर्ता पदबाट राजीनामा दिनु भएको छ । अहिलेसम्म पु¥याएको अमुल्य योगदानका लागि हामी उहाँलाई धन्यवाद दिन चाहन्छौँ,’ पीसीबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मोहम्मद युसुफ पाकिस्तानी टोलीका पूर्वखेलाडी पनि हुन् । आफ्नो समयका प्रभावशाली खेलाडी उनले पाकिस्तानका लागि ९० टेस्ट र दुई सय ८८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । पीसीबीले गत मार्चमा उनले छनोटकर्ता पदकमा नियुक्त गरेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीको प्रदर्शन निकै निराशाजनक रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप