आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सर्वदलीय बैठक

विपद् व्यवस्थापनमा सरकारको तयारीप्रति माओवादीको आलोचना

आइतबार, १३ असोज २०८१, १६ : ३२
आइतबार, १३ असोज २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपद् व्यवस्थापनमा सरकारको तयारीप्रति आलोचना गरेको छ । आइतबार बसेको सर्वदलीय बैठकमा माओवादी केन्द्रले विपद् व्यवस्थापनमा सरकारको तयारीको आलोचना गरेको हो । 

बैठकपछि बोल्दै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पूर्वानुमान भएपनि विपद् व्यवस्थापनको तयारीमा सरकारको तदारुकता नदेखाएको बताए । उनले पूर्वानुमान भएपछि विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारलाई सुझाव दिएको बताए । 

उनले यो बेला पक्ष–प्रतिपक्ष नभएर सामूहिक  भएर लाग्ने प्रतिबद्धता जाहेर गरेको पनि जानकारी दिए । 

‘सरकारको पहलकदमी ढिलाइ र सुस्तता देखिएको बारे कुरा राख्यौँ । पूर्वानुमान भएअनुसार सूचना जारी भएको थियो । भलै त्यो जनताको सम्म पुग्यो कि पुगेन‚’ उनले भने‚ ‘ पूर्वसूचना आधारमा पूर्वतयारी कामहरू तदारुकता साथ काम नभएको महसुस भयो र हामीले कुरा राख्यौँ ।’

उपमहासचिव बस्नेतले तत्काल खोजी कार्य‚ राहत वितरण र घाइतेहरूको उपचारमा तीव्रता दिन सुझाव दिएको जानकारी दिए । ‘सरकारले तदारुकता र गम्भीर र जिम्मेवार बोध गर्नुपर्छ र तीन तहको सरकारको बिचमा समन्वय गर्नुपर्छ । अन्तरसरकारी निकायको समन्वय राम्ररी गर्नुपर्छ । नागरिक समाज देखि सबैको प्रयास गरेर एकीकृत योजना बनाएर उद्धार राहत र घाइते उपचार गर्न मद्दत पुराउँछ भनेर सुझाव दियौँ‚’ उनले भने । 

उनले सडक सुचारु गर्ने लगायत विषयमा ध्यान दिन सरकारलाई सुझाव दिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप