रिसोर्ट बगाउँदा बेपत्ता नेपाली सेनाका कर्णेल केसीको मृत्यु

काठमाडौँ । पहिरोमा परेर बेपत्ता नेपाली सेनाका बहालवाला कर्णेल (प्रमुख सेनानी) मिलन केसीको मृत्यु भएको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसीको पहिरोमा परेर मृत्यु भएको हो ।
शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाएपछि उनी बेपत्ता भएका थिए । उनको शव भेटिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिएका छन् ।
शनिवार सो रिसोर्ट बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो । त्यसमध्ये एउटा शव केसी भएको बताइएको छ ।
शनिबारै मृत्यु भएपनि उनको पहिचान खुल्न सकेको थिएन । आइतबार परिचयपत्र भेटिएपछि उनको मृत्यु भएको पुष्टि भएको हो ।
भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्टमा रहेका साथीहरु पहिरोमा परेपछि उनी उद्धारमा जुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब त्रिभुवन भारतीय दूतावास छिरे...
-
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
-
अमेरिकाले बाइडेनको नीति त्याग्दा खुसी छ रुस, साउदी अरबमा भएको वार्तामा के भयो ?
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल