आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

अटोमोवाइल्स एसोसिएसनको वार्षिक साधारणसभा सम्पन्न

आइतबार, १३ असोज २०८१, १६ : २२
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेपाल अटोमोवाइल्स एसोसिएसनको १०औँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न भएको छ । साधारणसभामा केन्द्रीय संघ, प्रदेश संघ, कामिसन रा क्लबसमेतका गरी कुल ४४ जनाको सहभागिता रहेको थियो ।

साधारणसभामा गत वर्षको प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, अगामी कार्ययोजना र समसामायिक प्रस्ताव गरी चारवटा प्रतिवेदन प्रस्तुत गरिएको थियो । ती सबै प्रतिवेदन सामान्य छलफलपछि पारित गरिएको एसोसिएसनले जनाएको छ । आगामी वर्षका लागि अडिटर नियुक्ति, कार्यसमिति तथा कमिसनमा केही जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणालगायतको निर्णयसमेत साधारणसभाले गरेको बताइएको छ ।

एसोसिएसनका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारणसभामा कार्यकारी निर्देशक गोविन्द भट्टराई, उपाध्यक्ष अनिलकुमार वराल, सचिव महेश अधिकारी, कोषध्यक्ष धान्यमणी नेपाल, इन्जिनियर गणशेखर श्रेष्ठलगायतले विभिन्न प्रस्ताव पेस गरेका थिए ।

संघमा आबद्ध प्रदेश संघ, क्लब तथा एसोसिएट मध्येबाट गत आर्थिक वर्षमा सर्वाधिक सक्रिय बागमती अटोमोवाइल एसोसिएसन (प्रदेश संघ बागमती)लाई एक्टिभ अवार्ड प्रदान गरियो । साधारणसभाले १८ जनालाई विशिष्ट योगदान पुर्‍याएबापत प्रशंसापत्र प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, हिमालयन मोटरल्यान्डको स्थानान्तरण, गौरिटारको प्रस्तावित रेसिङ सर्किट र ई–स्पोर्टस तथा पावरवोटिङमा जोड दिनेजस्ता निर्णय पनि साधारणसभाले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप