आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाले भन्यो– चीनले हाम्रो अस्तित्वलाई स्वीकार गर्‍यो

आइतबार, १३ असोज २०८१, १६ : १४
आइतबार, १३ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीनले पार्टीको अस्तित्वलाई स्वीकार गरेको बताएको छ । पार्टी केन्द्रीय समिति बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले चीनले आफूहरूको अस्तित्वलाई स्वीकार गरेको बताएका हुन् । 

आइतबार बसेको बैठकमा चीन भ्रमणबारे ब्रिफिङ भएको जानकारी दिँदै उनले भने, ‘चीनले रास्वपाको राजनीतिक अस्तित्वलाई महत्वको साथ स्वीकार गरेको पायौँ ।’ 

उनले चीन भ्रमण गएपनि यताको राजनीतिक अवस्थाका कारणले धेरै राजनीतिक भेटघाट छोड्नुपरेको जानकारी दिए । उनले चीन भ्रमण सन्तोषजनक रहेको निष्कर्षमा पुगेको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप