आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘रिमै’ अभिनयका लागि नेपाल आइन् अभिनेत्री रिश्मा

आइतबार, १३ असोज २०८१, १६ : ०९
आइतबार, १३ असोज २०८१

काठमाडौँ । हिट फिल्म ‘कबड्डी’ मैंया अर्थात अभिनेत्री रिश्मा गुरुङ नेपाल आएकी छन् । विसं २०७६ मा पोखराको प्रेमी सन्दीप गुरुङसँग लगनगाँठो कसेपछि अमेरिका पुगेकी गुरुङ फिल्म ‘रिमै’ अभिनयका लागि नेपाल आएकी हुन् ।

‘रिमै’को कथावस्तु मन परेकोले अभिनय गर्न नेपाल आएको उनले बताइन् । ‘म फेरि फिल्ममा कमब्याक गर्न लागेको भने होइन । बिचमा क्रसरोड नामक फिल्म गरेको थिए । त्यो प्रदर्शनमा आउन बाँकी छ’ उनले थपिन् । रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले काम गर्न मन लागेको उनले सुनाइन् । 

फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल छन् । खिलबहादुर गुरुङको निर्देशन रहने ‘रिमै’ वीरबहादुर घलेले निर्माण गर्न लागेका हुन् । फिल्मको छायाङ्कन असोज २८ गतेदेखि गोरखाको सिरानचोकबाट छायाङ्कन सुरु गरिने निर्देशक गुरुङले बताए । 

फिल्ममा रिश्मा, दयाहाङ, सौगातको अलवा कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहने छ । फिल्मको लेखन उपेन्द्र सुब्बाले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप