आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
रास्वपा केन्द्रीय समिति बैठक

'रवि‚ रास्वपा र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो'

आइतबार, १३ असोज २०८१, १६ : ४३
आइतबार, १३ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समिति बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सो कुराको जानकारी दिएका हुन् ।

‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र विपदमा आवश्यक परेको बेला सरकार चुकेको देखियो‚’ उनले भने‚ ‘सत्तारूढ दल नेपाली कांग्रेसको बैठकले सरकार चुकेको निर्णय निकालिसक्यो भने हामीले सरकारले कसरी काम गरेको भन्न सक्छौँ र ।’

उनले असोज १७ रास्वपा सरकारमा हुँदा बाढीको जोखिम रहेको छ भनेर तयारी गरेको भएपनि अहिले नयाँ गठबन्धन बनेर बनेको सरकारले विपद् व्यवस्थापनमा अर्कमण्डयता देखाएको बताए । 

‘मान्छे मरेपछि रिङटोन बजाउँदैमा सरकार सफल भएन । काम भएन‘‚उनले भने । उनले दुई दिनको वर्षाले दुई तिहाइको सरकारको औकात देखाइदिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप