अभिमुखीकरण तालिममा असोज १५ गतेदेखि अनिवार्य रूपमा आईरिस प्रणाली लागू हुने

काठमाडौँ । अभिमुखीकरण तालिमका लागि असोज १५ गतेदेखि अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । हालको बायोमेट्रिक हाजिरी मेसिन दुरुपयोग गरी नक्कली हाजिरी गर्ने गरेको भन्दै वैदेशिक रोजगार विभागले आईरिस सिस्टम लागू गर्न लागेको हो ।
प्रशिक्षार्थीहरूको बायोमेट्रिक/थम्ब हाजिरी प्रभावकारी प्रयोग नभएकाले सबै अभिमुखीकरण तालिम प्रदायक संस्थालाई फेस टाइम एन्ड आईरिस रिकोग्निजेशन सिस्टम लागू गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको थियो ।
मन्त्रालयको निर्णयपछि विभागले आईरिस सिस्टम लागू आवश्यक व्यवस्था मिलाउन तालिम प्रदाय संस्थाहरूलाई पत्राचार गरेको थियो । असोज १५ गतेदेखि अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
तालिम नै नदिई प्रमाणपत्र वितरण हुने गरेको गुनासो विभागमा आउने गरेको थियो । विभागले गरेको अनुगमनका क्रममा समेत त्यस्तो भेटिएपछि ४६ वटा संस्थालाई निलम्बन गरेको थियो ।
हाल तालिम शुल्क ७०० रुपैयाँ नै कायम भएको समेत विभागले जनाएको छ । कतिपयले तालिम शुल्क वृद्धि भई २८०० कायम गरिएको भन्दै बढी शुल्क लिने गरेको अवस्थामा विभागले शुल्क नबढाएको प्रस्ट पारेको हो । शुल्क यथावत् राख्नुका साथै तालिम समेत दुई दिन नै सञ्चालन हुने सूचना अधिकारी सुवेदीले बताए ।
त्यस्तै देशगत भाषा परीक्षा सम्बन्धमा विभागले हालसम्म कुनै पनि निर्णय नगरेको समेत बताए । सञ्चारमाध्यमहरूमा देशभक्त भाषा परीक्षामा फेल भएका कामदार विदेश जान नपाउने भन्ने समाचार आएपछि विभागले यो विषयमा हाल कुनै निर्णय नगरेको प्रस्ट पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
-
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय