सुकुटे पहिरो
रिसोर्ट बगाउँदा नेपाली सेनाका बहालवाला कर्णेल केसी बेपत्ता
आइतबार, १३ असोज २०८१, १५ : ५५

काठमाडौँ । पहिरोमा परेर नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको बेपत्ता भएका छन् । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसी शनिवार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाउँदा बेपत्ता भएका हुन् ।
शनिवार सो रिसोर्ट पहिरोले बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो । भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्ट बगेपछि उनी साथीको उद्धार गर्ने क्रममा हिजो बेपत्ता भएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनको परिचयपत्र भेटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति