आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कर्मानासा खोलामा आएको बाढीले विप्लवसहित स्थानीयवासीको धानबालीमा क्षति

आइतबार, १३ असोज २०८१, १५ : ४६
आइतबार, १३ असोज २०८१

काठमाडौँ । शनिबार भारी वर्षापछि कर्मनासा खोलामा आएको बाढीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित स्थानीयले लगाएको धानबालीमा क्षति पुगेको छ ।   

बाढीले ललितपुर महानगरपालिका–२८ स्थित नेकपाका महासचिव विप्लवको निवास हरिसिद्धि र आसपासको क्षेत्र पुरै डुबानमा परेर भौतिक संरचना लगायत धन सम्पत्तिमा क्षति भएको उनको सचिवालयले जानकारी दिएको छ । 

विप्लवको सचिवालयका अनुसार लेदोसहित आएको बाढी खेतमा पस्दा सय रोपनीमा लगाएको धानबालीमा क्षति पुगेको छ । खोला मिचेर साँघुरो बनाएकाले त्यसको असर बस्ती र खेतबारीमा परेको सचिवालयले अनुमान गरेको छ । बाढी पहिरोका कारण काठमाडौँ उपत्यका लगायत अन्य जिल्लाहरूमा धेरै जनधनको क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप