आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारत–बंगलादेश दोस्रो टेस्ट क्रिकेट : वर्षाका कारण तेस्रो दिनको खेल पनि रद्द

आइतबार, १३ असोज २०८१, १५ : २२
आइतबार, १३ असोज २०८१

काठमाडौँ । भारत र बंगलादेशबिचको दोस्रो टेस्ट क्रिकेटअन्तर्गत तेस्रो दिन आइतबारको खेल पनि वर्षाका कारण रद्द भएको छ । तेस्रो दिनको खेल पनि सुरु नै हुन सकेन । यसअघि दोस्रो दिन शनिबारको खेल पनि सुरु नै नभई रद्द भएको थियो ।

पहिलो दिन शुक्रबार भने केही समय खेल भएको थियो । टस हारी ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली बङ्गलादेशले तीन विकेट गुमाएर एक सय सात रन बनाएपछि वर्षाका कारण पहिलो दिनको खेल रोकिएको थियो ।

वर्षाकै कारण पहिलो दिनको खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो भने पहिलो दिन ३५ ओभरको खेलमात्र सम्भव भएको थियो । पहिलो दिनको खेल स्थगित हुँदा बंगलादेशका लागि मोमिनुल हक अविजित ४० र मुसफिकर रहिम अविजित अविजित ६ रन बनाउँदै क्रिजमा थिए ।

बङ्गलादेशले पालीको निराशाजनक सुरुवात गरेको थियो । केवल २९ रनको कुल स्कोरमा बङ्गलादेशले आफ्ना दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । ओपनर जाकिर हसन खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

अर्का ओपनर सादमन इस्लामले भने टोलीको खातामा २४ रन थपेका थिए । चौथो नम्बरका क्रिज समाल्न आएका कप्तान नजमुल होसैन सान्टो पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी ३१ रन बनाउँदै आउट भएका थिए ।

घरेलु टोली भारतका बलर आकाश दीपले दुई विकेट लिएका थिए । रविचन्द्रन आश्विनले पनि एक विकेट हात पारेका थिए । यसअघि खेलिएको पहिलो टेस्टमा भारतीय टोली दुई सय ८० रनको विशाल अन्तरले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप