आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

आइतबार, १३ असोज २०८१, १५ : २०
आइतबार, १३ असोज २०८१

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज २४८३ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २२.३६ अंकले घटेको हो । आज परिसूचकले २४९२ अंकसम्म छोएपनि बन्द हुँदासम्म २४६४ दशमलव ४० मा सीमित हुन पुग्यो । 

आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज कुल १२७ कम्पनीको १ करोड ३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि बिहीबारको कारोबारमा ४ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो । 

आइतबार १९३ कम्पनीको सेयर मूल्य घटेको छ । ४७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रह्यो । 

आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १.०३ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको नेप्सेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप