आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नागढुंगा सुरुङमार्गबाट सवारी काठमाडौँ पठाइँदै

आइतबार, १३ असोज २०८१, १५ : १४
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलतर्फ रोकिएका मालवाहक तथा यात्रुवाहक सवारी सुरुङबाट काठमाडौँतर्फ पठाइएको छ ।

बाढी, पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको थियो । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय सरकारको समन्वयमा सवारी काठमाडौँ पठाउन थालिएको हो । 

बिहीबारदेखि लगातार परेको वर्षाका कारण देशैभरका राजमार्ग अवरुद्ध भएका छन् । नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न क्षेत्रमा पहिरो जाँदा सवारीको चाप निकै बढेकाले उक्त सुरुङ प्रयोग गरिएको मन्त्रालयले जनाएको छ । सवारी पठाइए पनि यो सुरुङ निर्माण कार्य सम्पन्न भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप