आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरण : पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

आइतबार, १३ असोज २०८१, १५ : १०
आइतबार, १३ असोज २०८१

काठमाडौँ । सहकारी ठगीको आरोप लागेपछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार नेपाल ल्याएको हो ।

नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङ र पोखराका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सञ्चालक समितिका उपाध्यक्षसमेत हुन् । ५१ वर्षीय नेपालीसमेत ८ जनालाई सहकारी ऐन २०७४ अन्तर्गतको कसुरमा पक्राउ गर्नका लागि बाग्लुङ जिल्ला अदालतबाट २०८० जेठ २४ गते पक्राउ अनुमति जारी भएको थियो ।

त्यसयता उनी फरार रहेकोमा २०८० माघ १० गते रेड कर्नर नोटिस जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको छ ।

उनीसँगै इमेज बचत तथा ऋण सहकारी संस्था बाग्लुङको ठगीमा संलग्न रहेको आरोप लागेका ओमबहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरिएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबारे हाल अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप