पानीले मिसिल भिजेपछि काठमाडौँ जिल्ला अदालतको सेवा प्रवाह स्थगित

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको छ । आइतबार एक सूचना जारी गर्दै अदालतले वर्षाका कारण अदालतको दोस्रो भवनमा रहेको इजलास तथा मुद्दा फाँटका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको जनाएको हो ।
सूचनामा भनिएको छ, ‘मिति २०८१।०६।११ गतेदेखि भएको भारी वर्षाको कारण यस अदालतको दोस्रो भवनमा रहेको इजलास नं. २६, २७, २८, २९ र ३० तथा मुद्दा फाँट २६, २७, २८ र २९ मा पानी पसेर मिसिलहरू भिजेको, फाँट र इजलासभित्र पानी तथा हिलो रहेकोले फाँट तथा इजलासबाट तत्काल सेवा प्रवाह गर्न कठिनाइ रहेको हुँदा सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने हुँदा मिति २०८१।०६।१३ गते उक्त इजलास तथा फाँटहरूबाट प्रवाह हुने सेवाहरू स्थगित रहेको सम्पूर्णमा जानकारीको लागि अनुरोध छ ।’
अदालतले आइतबार सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु