आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाढीपछि सुकुम्बासी बस्तीमा जे देखियो (फोटो/भिडियो)

आइतबार, १३ असोज २०८१

काठमाडौँ । उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो । 

विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि बेहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान छ ।

काठमाडौँमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठुलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो । जसका कारण नदी किनार छेउका बस्तीहरू डुबानमा परे । अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।

Photos (1)Photos (2)Photos (3)Photos (4)Photos (5)Photos (6)Photos (7)Photos (8)Photos (9)Photos (10)Photos (11)Photos (12)Photos (13)Photos (14)Photos (15)Photos (16)Photos (17)Photos (18)Photos (19)Photos (20)Photos (21)Photos (22)Photos (23)Photos (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया