उद्धार तथा राहतमा जुट्न नेता कार्यकर्तालाई जसपा नेपालको निर्देशन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बाढी–पहिरो पीडितको राहत तथा उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले आइतबार एक विज्ञप्ति जारी गरी बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहत कार्यमा अविलम्ब जुट्न निर्देशन दिएका छन् । पीडितलाई राहत उपलब्ध, आवासको तत्काल व्यवस्था, घाइतेको निःशुल्क उपचारका साथै पीडितहरूका लागि तत्कालै भोजन, रक्षा र उद्धारको व्यवस्था गर्न जसपा नेपालले सरकारसँग भाग गरेको छ ।
राज्यले सबै सुरक्षा निकायको परिचालन गरी आवश्यक सम्पूर्ण शक्तिका साथ उद्धार एवं राहत कार्यमा जुट्न जसपा नेपालले माग गरेको छ ।
अविरल वर्षा पश्चात् देशका अधिकांश ठाउँमा आएको बाढी, पहिरो र डुबानका कारण एक सय जनाभन्दा बढीको मृत्यु तथा सयौँ बेपत्ता हुनुका साथै भौतिक संरचनाहरूमा ठुलो क्षति भएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति घट्यो : राष्ट्र बैंक
-
रास्वपाको सचिवालय बैठक जारी
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी