कृषिमा भएको क्षतिबारे तथ्यांक संकलन गर्न मन्त्री अधिकारीको निर्देशन
आइतबार, १३ असोज २०८१, १४ : ३९

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा बाढीले पारेको वास्तविक क्षतिको बारेमा अध्ययन गरी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बाढीले कृषि क्षेत्रमा पारेको असरबारेमा छलफल गर्न कृषि मन्त्रालयमा बसेको बैठकमा मन्त्री अधिकारीले सो निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पुर्याएको छ त्यसको वास्तविक तथ्यांक छिटो संकलन गरी कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिएको उनका निजी सचिवलालले जनाएको छ ।
बाढीले कृषि उपजहरूमा क्षति पुर्याएको प्रारम्भिक सूचनाहरू प्राप्त भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले पीडित किसानलाई के–कसरी राहत दिन सकिन्छ त्यसको बारेमा तुरुन्त कार्यान्वयनमा जानुपर्ने आवश्यक भइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
इस्टर युद्धविराम : युक्रेन र रुसले लगाए एक अर्कालाई आरोप
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता
-
हिज्बुल्लाह नेताद्वारा निःशस्त्रीकरणको मागलाई अस्वीकार
-
अमेरिकासँगको व्यापार वार्ताबाट यस्तो अपेक्षा राखिरहेछन् कोरियाली राष्ट्रपति