परीक्षा सरेपछि चिन्ता थपियो विद्यार्थीलाई
काठमाडौँ । भारी वर्षापछि आएको बाढी पहिरोका कारण त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षा सारेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आइतबारका लागि तय भएका परीक्षाहरू सारेको हो ।
त्यस्तै स्नातकोत्तर तहका लागि तय भएका परीक्षासमेत सम्बन्धित डीनको कार्यालयले सारेका छन् । परीक्षाको मिति सर्दा विद्यार्थीलाई चिन्ता थपिएको छ ।
समयमै परीक्षा सकेर दसैँ मनाउन घर जाने तयारीमा रहेका विद्यार्थीहरू परीक्षा सरेपछि समस्यामा पर्ने भएका हुन् । पूर्वनिर्धारित तालिका अनुसार परीक्षा सकिने मितिलाई आधार मानेर कतिपयले दसैँमा घर जानका लागि टिकट समेत काटिसकेका थिए । परीक्षाको मिति सारिएपछि उनीहरू समस्यामा पर्ने भएका हुन् ।
‘आजको स्थगित भएको परीक्षा असोज २१ गतेका लागि सारिएको छ । १७ गते परीक्षा सकिने भनेर घर जान टिकट काटिसकेको थिएँ । अब २१ गते परीक्षा हुने भएपछि टिकट क्यान्सिल गर्नुपर्ने भयो,’ एक विद्यार्थीले भने ।
हुम्ला घर भएका अर्का विद्यार्थी २१ गते परीक्षा दिएर दसैँका लागि घर जान समस्या हुने बताउँछन् । त्यसमा पनि भनेकै समयका लागि गाडीको टिकट पाउने/नपाउने ठेगान नहुने उनको भनाइ छ ।
काभ्रे घर भई ललितपुरको पाटन मल्टिपल क्याम्पसमा परीक्षा सेन्टर परेका एक विद्यार्थीले बाटो अवरुद्ध हुँदा परीक्षा दिनका लागि आउन नपाएको बताए ।
शनिबारका लागि तय भएका कतिपय विषयका परीक्षासमेत कतिपय विद्यार्थीले दिन पाएनन् । बाढीपहिरोले बाटो अवरुद्ध भएपछि परीक्षा केन्द्रसम्म पुग्न नसकेकाले परीक्षा दिन नपाएको भन्दै उनीहरूले शनिबार आफूहरूको छुटेको परीक्षा दिन पाउने गरी व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गरेका छन् ।
काभ्रे घर भई ललितपुरको पाटन मल्टिपल क्याम्पसमा परीक्षा सेन्टर परेका एक विद्यार्थीले बाटो अवरुद्ध हुँदा परीक्षा दिनका लागि आउन नपाएको बताए । स्नातकोत्तर तह तेस्रो सेमेस्टर अन्तर्गत शनिबार आफ्नो परीक्षा छुटेको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८० आंशिकतर्फको बीए, बीएड, बीबीएस र बीएससीको आइतबारका लागि निर्धारित परीक्षा २१ गतेका लागि सारेको छ । स्थगित परीक्षा असोज २१ गते सोही समय र सोही परीक्षा केन्द्रमा गर्न निर्देशन दिइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले १३ गते हुने गरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्रका प्याकेट नखोली सुरक्षित राख्नसमेत केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।
शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह पाँचौँ सेमेस्टर र अधिस्नातक तह प्रथम सेमेस्टर नियमित परीक्षाको आइतबार हुने भनिएको परीक्षा असोज १६ गतेका लागि सारिएको हो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले समेत आइतबारका लागि तोकिएका परीक्षा असोज २० गतेका लागि सारेको छ । एमएससी थर्ड सेमेस्टर र बी. म्याथ. साइन्स चौथो सेमेस्टरको परीक्षा २० गतेका लागि सारिएको हो ।
त्यस्तै व्यवस्थापन सङ्कायले आइतबार हुने परीक्षा स्थगित गरेर संशोधित तालिका प्रकाशित गरेको छ । संशोधित तालिका अनुसार सोमबारदेखि असोज १९ गतेसम्म परीक्षा तय गरिएको छ ।
शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह पाँचौँ सेमेस्टर र अधिस्नातक तह प्रथम सेमेस्टर नियमित परीक्षाको आइतबार हुने भनिएको परीक्षा असोज १६ गतेका लागि सारिएको हो ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टर तथा पहिलो सेमेस्टरको परीक्षा समेत असोज १७ गतेका लागि सारिएको छ । ती परीक्षा पनि आइतबार हुने तालिका यसअघि सार्वजनिक भएको थियो ।
त्यस्तै त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको स्नातक तह सबै कार्यक्रमका सबै वर्षको दोस्रो खण्डको आइतबार हुने परीक्षा असोज १६ गतेका लागि सारिएको छ ।
कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि, वागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा असोज १७ गतेका लागि सरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता शनिबार
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित