यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका १५ निर्णय (सूचीसहित)
_u4mj1d1gem_1A8LUZHvPy.jpg)
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ । पार्टी कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले दिएको जानकारी अनुसार आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले १५ बुँदामा विभिन्न निर्णयहरू गरेको हो ।
बैठकले बाढी पहिरो तथा डुबानमा परेका जनताको उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले अविरल वर्षा र त्यसपश्चात् आएको बाढी र पहिरोमा परेर सय भन्दा बढीको मृत्यु, कयौँ बेपत्ता र कयौँ घाइते भएको घटनाले नेपालीलाई मर्माहत बनाएको जनाएको छ । साथै‚ बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढङ्गले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरेको छ ।
बैठकले कयौँ नागरिक अझै पनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएको भन्दै निर्णयमा भनिएको छ‚ ‘सरकारले आफ्नो सम्पूर्ण संयन्त्र त्यसमा केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न तथा स्वयंसेवी, नागरिक पङ्क्ति, नेपाली कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र संघ संस्थालाई उद्धार र राहतको कार्यमा ऐक्यबद्ध ढङ्गले कार्य गर्न यो बैठक अपिल गर्दछ ।’
प्रकोपका कारण अर्बौंको क्षति भएको र केही विद्युतगृह क्षतिग्रस्त बन्न पुगेको तर्फ समेत ध्यानाकर्षण गराउँदै कार्यसम्पादन समिति बैठकले सञ्चार सेवा‚ खानेपानीको वितरण लगायतको विषयलाई सामान्य बनाउन सरकारलाई आग्रह गरेको छ ।
‘विषम परिस्थितिको समयमा बजारमा बढ्न सक्ने कालोबजारी, सवारी साधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्न/गराउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ‚’ निर्णयमा भनिएको छ‚ ‘नियमित रूपले झेल्नु परेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्व तयारी र उद्धारमा अझै तीव्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ।’
यस्ता छन् निर्णयहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति
-
कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत