आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : बढी र पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिँदै

आइतबार, १३ असोज २०८१, १४ : ०९
आइतबार, १३ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो । 

लुम्बिनी  प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरूलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका सारिएको छ ।  नवलपरासी बर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षति भएको उनको भनाई छ । 

स्थानीय कोशबहादुर आले, हरी बहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षति पुगेको छ । सोही जिल्लाको  सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ ।  त्यहाँ अहिले स्थानीय नागरिकहरूलाई सार्वजनिक भवनमा सारिएको छ । 

पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । पाल्पाकै बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछि दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।

4

तानसेन–५ कैलाश नगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ । रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछि ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछि तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ  । 

पाल्पाकै  रैनादेवि छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछि ११ जना सदस्यहरूलाई आफन्तको घरमा सारिएको छ ।

माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछि ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछि ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ । रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछि तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । 

रिब्दीकोट–४ निवासी मीनप्रसादको घर अगाडी पहिरो खस्दा जोखिम बढेपछि चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । पाल्पा तिनाउ–१ निवास निरज सास्कोटीको घर पहिरोले पुरिएपछि चार जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

गुल्मी छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरम खोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका–४ बुढा गाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षति पुगेको जनाएको छ । 

लुम्बिनी  प्रदेशमा विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आम सर्वसाधारण नागरिकहरूमा  मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप