आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव भेटियो

आइतबार, १३ असोज २०८१, १४ : ०६
आइतबार, १३ असोज २०८१

धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ ।

 प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।  प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप