तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका ४ जना अझै बेपत्ता
दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् ।
शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरु नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु गाउँपालिका–१ स्यालुका ३० वर्षे जयराम तामाङ बेपत्ता भएका थिए ।
जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताए । “हिजो बिहान १०ः३० बजेतिर कर्मचारीको सिफ्ट चेञ्ज भएको थियो । ११ बजेतिर घटना भयो”, गौतमले भने, “नेपाली सेनाका दुई जना र गेट(खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारी पहिरोमा पुरिएको जानकारी प्राप्त भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रिमै’ अभिनयका लागि नेपाल आइन् अभिनेत्री रिश्मा
-
'रवि‚ रास्वपा र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो'
-
अभिमुखीकरण तालिममा असोज १५ गतेदेखि अनिवार्य रूपमा आईरिस प्रणाली लागू हुने
-
‘साहसी युवा’ भन्दै प्रचण्डले गरे चणिकलाललाई सम्मान
-
रिसोर्ट बगाउँदा नेपाली सेनाका बहालवाला कर्णेल केसी बेपत्ता
-
कर्मानासा खोलामा आएको बाढीले विप्लवसहित स्थानीयवासीको धानबालीमा क्षति