झ्याप्ले खोला पहिरो : उद्धार कार्यमा लापरबाही भएको स्थानीयको आरोप

धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३२ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकीको आइतबार फेला परेको हो ।
स्थानीयले पहिरो शनिबार बिहान ३ बजेतिरै गएपनि खोज र उद्धारकार्यमा सरकारी पक्षबाट लापरवाही भएको आरोप लगाएका छन् । सो स्थानमा पटक पटक पहिरोको समस्या हुँदै आएको छ ।
स्थानीयबासी पुजा खत्रीका अनुसार २२ बर्ष अघि सोही स्थानबाट पहिरो खस्दा १० जनाको निधन भएको थियो । पहिरो जोखिमयुक्त क्षेत्र भएपनि सरकारले पहिरो न्युनीकरणमा चासो नदिँदा घटना दोहोरिने गरेको स्थानीयको भनाइ छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र मृतकहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)