आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
झ्याप्ले खोला पहिरो

झ्याप्ले खोला घटनास्थलबाट २६ शव त्रिवि शिक्षण अस्पताल पठाइयो

आइतबार, १३ असोज २०८१, १३ : ०४
आइतबार, १३ असोज २०८१

धादिङ ।  झ्याप्ले खोला पहिरोस्थलबाट २६ शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । आइतबार अपराह्न ती शव शिक्षण अस्पताल पठाइएको हो । 

सनाखत तथा पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीको भनाई छ । शनिवार झ्याप्ले खोला पहिरोमा बस र हाइस पर्दा दर्जनौँको मृत्यु भएको थियो । 

jhyaple-khola (1)

शनिबार धादिङको धुनीवेशी नगरपालिका–९ झ्याप्ले खोलास्थित पहिरोमा बस र हाइस पर्दा दर्जनौको मृत्यु भएको थियो ।   पहिरोमा गोरखा र चितवन लगायतका जिल्लाबाट आएका सवारी साधन परेका थिए ।

अहिले घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ । 

jhyaple-khola (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप