आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गण्डकी प्रदेश

गण्डकी प्रदेश : संयुक्त सरकारको ५९ बुँदे साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

आइतबार, १३ असोज २०८१, १२ : ५०
आइतबार, १३ असोज २०८१

काठमाडौँ । गण्डकी प्रदेश सरकारको ५९ बुँदे सङ्कल्प र प्रतिबद्धता सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको संयुक्त सरकारले आइतबार ‘आत्मनिर्भर र समुन्नत प्रदेश ः सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्प सहित नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच गत असार १७ गते भएको ७ बुँदे सहमतिकै आधारमा गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबिच भदौ १७ गते संयुक्त सरकार गठन भएको हो । प्रदेश सरकारलाई जनभावना अनुरुप प्रभावकारी रूपमा सञ्चालन गर्न नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

कानुनको नजरमा सबै समान हुने सिद्धान्त र जुनसुकै ओहोदाको भए पनि गलत कर्म गर्ने अवश्य दण्डित हुनेछन् भन्ने मान्यता स्थापित गरिने नीतिगत प्रतिबद्धतामा उल्लेख गरिएको छ । नेपालको संविधानको मार्गदर्शन बमोजिम लोकतन्त्र र सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहँदै नागरिकको सर्वोपरी हित र सेवामा समर्पित भई प्रदेश सरकार सञ्चालन गरिने जनाइएको छ ।

‘प्रदेशवासीलाई सुशासनको प्रत्याभूति गराउँदै विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासनलाई कायम गरिनेछ । सार्वजनिक सेवाका क्षेत्र जनमैत्री, प्रभावकारी र सहज बनाइनेछ,’ सार्वजनिक गरिएको प्रतिबद्धतामा भनिएको छ, ‘कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सीमा नाका सुचारु गर्न विशेष पहल गरिनेछ ।’

पूर्णपाठ-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप