झ्याप्ले खोला पहिरो
झ्याप्ले खोलामा रमितेहरूको भीड, माइकिङ गरेर हटाउँदै प्रहरी (तस्बिरहरू)
आइतबार, १३ असोज २०८१, १२ : ४८

धादिङ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा बस सहित पुरिएर निधन भएका व्यक्तिका शव उद्दार भइरहेको छ । त्यहाँ रमितेहरूको भीड लागेपछि उद्धारमा समस्या भइरहेको छ ।
प्रहरीले माइकिङ गर्दै सिट्ठी बजाउँदै भीड हटाउने प्रयास गरिरहेको छ । पहिरोको दुवै तर्फ बाटो बन्द भएपछि सडकमा रोकिएका सवारीसाधनका चालक तथा सहचालक र सर्वसाधारण घटनास्थलमा जम्मा हुँदा भीड बाक्लिएको हो ।
सुरक्षाकर्मीहरू बस तथा शव उत्खनन कार्यमा खटिइरहेका छन् । सो क्षेत्रबाट हालसम्म २८ जनाको शव फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?