आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय समिति बैठक जारी

आइतबार, १३ असोज २०८१, १२ : ४६
आइतबार, १३ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ ।  पार्टी मुख्य कार्यालय वनस्थली (चमती) मा बैठक सुरु भएको हो । बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल गरिने भएको छ । 

सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी सभापति रवि लामिछानेमाथि हुन सक्ने सम्भावित घटनाक्रम र त्यसको रणनीतिमा छलफल भइरहेको छ । यस्तै देशभर बाढी पहिरो विपत्ति र रास्वपाले गरेको कार्यको विषयमा पनि छलफल भइरहेको छ । 

बैठकमा चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ‚प्रथम राष्ट्रिय भेलाको समीक्षा‚स्थानीय तह उपनिर्वाचन‚ पार्टी महाधिवेशन केन्द्रित गतिविधि सम्बन्ध लगायत विषयमा छलफल हुने एजेन्डा तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप