हसन नसरल्लाहको मृत्युपछि नेतन्याहुले भने– ऐतिहासिक मोड
आइतबार, १३ असोज २०८१, १२ : ३६

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युलाई ऐतिहासिक मोड भनी टिप्पणी गरेका छन् ।
न्यूयोर्कमा संयुक्त राष्ट्र संघ (यूएन)को महासभामा भाग लिएर स्वदेश फर्किएपछि उनले हसन नसरल्लाहको मृत्युलाई ऐतिहासिक मोड भनेर टिप्पणी गरेका हुन् ।
उनी अनगिन्त्ी इजरायली र अरु कयौं विदेशीको मृत्युका लागि जिम्मेवार रहेको पनि नेतान्याहुले बताए । इजरायल आफ्ना शत्रुहरूमाथि आक्रमण जारी राख्न कटिबद्ध रहेको पनि उनले बताए ।
हसन नसरल्लाहलाई निशाना बनाउन आफैंले निर्देशन दिएको पनि उनको भनाइ थियो । नसरल्लाहको मृत्यु इजरायलको लक्ष्य प्राप्तिका लागि ‘सबैभन्दा महत्वपूर्ण सर्त’ भएको नेतान्याहुको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
-
तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन