पहिरो
झ्याप्ले खोला पहिरो: आफन्तहरु घटनास्थलमा, मृतकको संख्या २८ पुग्यो
आइतबार, १३ असोज २०८१, १२ : ३३
_pi13rrt06k.jpg)
धादिङ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएकाहरूको आफन्त घटनास्थलमा आएका छन् । मृतक व्यक्तिका ११ जना आफन्त घटनास्थल आइपुगेका हुन् ।
गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् ।
अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो ।
घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।
पहिरोमा पुरिएको बस तथा शवको खोजी तीव्र पारिएको छ । पहिरो पन्छाउने जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।
शनिबार गएको सो स्थानको पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आवाजामन ठप्प छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन
-
६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड
-
शिक्षकहरू १९ दिनदेखि आन्दोलनमा : अभिभावक सङ्घले गुहार्यो मानवअधिकार आयोग
-
दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै
-
राजधानीमा आन्दोलन : सर्वसाधारणलाई सास्ती
-
‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग