बन्द गरियो कुलेखानी जलाशयको बाँधका ढोका

हेटौँडा । कुलेखानी जलाशयको बाँधका दुवै ढोका बन्द गरिएको छ । जलाशयमा पानीको सतह स्थिर बनेपछि शनिबार रातिबाट बाँधका दुवै ढोका बन्द गरिएको हो । कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार कुलेखानीमा हाल १ हजार ५२८ मिटर पानीको सतह मापन गरिएको छ ।
पानीको सतह बढ्ने दर कम भएपछि बाँधका ढोकाहरू बन्द गरिएको उनले बताए । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५ बजेबाट बाँधका २ वटा ढोका खोलिएको थियो । ढोका खोलेर जलाशयको पानी निकासा गरेको १२ घण्टापछि दुवै ढोका बन्द गरिएको हो ।
हाल कुलेखानीमा प्रतिघण्टा ३ सेन्टिमिटर प्रतिघण्टाका दरले पानीको सतह बढिरहेको उनले बताए । कुलेखानीका ३ वटै विद्युत् गृहबाट विद्युत् उत्पादन गरेर जलाशयमा पानीको सतह बढ्न नदिएको उनले बताए । शनिबार साँझ १० सेन्टिमिटर प्रतिघण्टाको दरले बढेको कुलेखानी जलाशय हाल वृद्धि दर घटिरहेको उनको भनाई छ । नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’ मानिने कुलेखानी जलाशयबाट ६० मेगावाट कुलेखानी प्रथम, ३२ मेगावाट कुलेखानी दोस्रो र १४ मेगावाट कुलेखानी तेस्रो जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।
‘अहिले ३ वटै आयोजनाहरू नियमित चलाइएको छ । पानीको सतह बढी हुँदा नियमित गर्ने योजना नै थियो । तर, अहिले तामाकोशी जस्ता ठुला आयोजनाको विद्युत् उत्पादन बन्द हुँदा कुलेखानी नियमित चलाउनुपरेको छ । हाल जलाशयमा पानीको सतह ३ सेन्टिमिटर प्रतिघण्टाको दरले बढिरहेको छ । वर्षा रोकिएको र आयोजना सञ्चालनबाट जलाशयमा पानीको सतह वृद्धिदर कम भएकाले बाँधका ढोका बन्द गरिएको हो’ उनले भने ।
शनिबार बिहान कुलेखानी जलाशय भरिएर १ हजार ५३१ मिटर पुगेको थियो । कुलेखानीमा १ हजार ५३० मिटर मात्र पानी सङ्कलन गर्ने क्षमता रहेको छ । क्षमता भन्दा बढी पानी भरिएपछि जलाशय स्वतः ओभरफ्लो हुने गर्दछ । ओभर फ्लो भएपछि कुलेखानी जलाशयको २ वटा बाँध शनिबार दिनभर ४ मिटरसम्म खोलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक