बाढी पीडितका लागि अभिनेत्री पूजाले निःशुल्क खाना खुवाउने
आइतबार, १३ असोज २०८१, १२ : ३२

काठमाडौँ । अभिनेत्री पूजा शर्माले बाढी पीडितका लागि निःशुल्क खाना खुवाउने भएकी छन् । उनले ललितपुरको धोबीघाटमा रहेको आफ्नो ट्याग स्पोर्ट लन्च एन्ड बारमा आइतबार निःशुल्क खाना खुवाउने भएकी हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्टमार्फत निःशुल्क खानाको व्यवस्था गरेको जानकारी दिएकी छन् । निःशुल्क खाना आइतबार बिहान १० बजेदेखि १ बजेसम्म व्यवस्था गरिएको उनले जनाएकी छन् ।
पूजा अभिनित पछिल्लो फिल्म रावायण प्रदर्शनमा आएको थियो । सुदर्शन थापा निर्देशित फिल्मले व्यवसाय भने राम्रो गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
-
कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?
-
डान्सबारमा बालिका बेच्ने पक्राउ
-
अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ
-
गभर्नर नियुक्तिमा गम्भीर देखिएन सरकार