अलपत्र दुई अन्तरिक्ष यात्रीलाई फिर्ता ल्याउने मिसनमा स्पेस एक्स

क्यालिफोर्निया । अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले जुनयता अन्तरिक्षमा अलपत्र परेका दुई अमेरिकी अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा फिर्ता ल्याउने मिसन सुरु गरेको छ । सुनिता विलियम र बुच विलमोरलाई फिर्ता ल्याउन २ ओटा सिट खाली राखेर कम्पनीले शनिबार फ्लोरिडाको केप कानाभेरलबाट ड्र्यागन क्याप्सुल पठाएको छ ।
बुच र सुनिताका लागि आवश्यक ताजा सामाग्रीहरू बोकेर नासाका अन्तरिक्ष यात्री निक हग र रुसी अन्तरिक्ष यात्री अलेक्जान्देर गोर्बुनोभ सो क्याप्सुलमा गएका छन् । यानले उनीहरूलाई फेब्रुअरीमा पृथ्वीमा ल्याउनेछ । क्याप्सुल बिहीबारै लञ्च गरिने भएको थियो ।
तर अमेरिकामा आएको हेलेन आँधीले फ्लोरिडामा वितन्डा गरेपछि यसको प्रक्षेपण शनिबार मात्रै गरियो । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेस एक्सले हरेक ६÷६ महिनामा अन्तरिक्षयात्रीहरूलाई आईएसएसबाट पृथ्वीमा ल्याउने र पुर्याउने गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस