अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या ६४ पुग्यो
आइतबार, १३ असोज २०८१, १२ : १२

वासिङ्टन । दक्षिण पूर्वी अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या बढ्दो छ । हेलेन आँधीका कारण त्यहाँ अहिलेसम्म कम्तीमा ६४ जनाको मृत्यु भइसकेको बताइएको छ ।
उत्तरी क्यारोलिनमा मात्रै कम्तीमा २५ जनाको मृत्यु भएको छ । हेलेन त्यहाँ सन् १९८९ यता आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।
आँधीका कारण फ्लोरिडामा ११ जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनामा ४०० भन्दा धेरै सडक बन्द भएका छन् भने दसौँ लाख मानिसहरू बिजुलीविहीन बस्न बाध्य भएका छन् ।
आँधीका कारण १५ अर्ब देखि २६ अर्ब डलर बराबरको सम्पत्ति क्षति भएको मूडिज एनालिटिक्सको अनुमान छ । हेलेनका कारण अमेरिकाभर ९५ अर्ब देखि १ खर्ब १० अर्ब डलर बराबरको क्षति भएको हुन सक्ने एक्यूवेदरको प्रारम्भिक अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन शिक्षकहरूले वार्ताका लागि खोजेका आधारहरू
-
ऐतिहासिक किल्ला जोगाउन नेपाली सेनाले थाल्यो ११ दिने लामो पदयात्रा
-
सरकार र शिक्षकहरूबिचको छलफल सकियो
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन