आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
झ्याप्ले खोला पहिरो

तस्बिरमा झ्याप्ले खोला पहिरो, यसरी हुँदैछ उद्धार

आइतबार, १३ असोज २०८१, १२ : ००
आइतबार, १३ असोज २०८१

धादिङ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा पुरिएकाहरूको उद्धार कार्य जारी रहेको छ । 

शनिबारको पहिरोमा पुरिएका बस तथा माइक्रोबसबाट अहिलेसम्म २७ जनाको शव निकालिएको छ । 

अझै पनि उद्धारकर्ताहरूले स्काभेटर र अन्य सामाग्रीमार्फत उद्धारलाई निरन्तरता दिएका छन् । उक्त पहिरोमा बुटवलबाट आएको माइक्रोबस, गोरखाबाट आएको बस र  चितवनबाट आएको अर्को माइक्रोबसका यात्रुहरु त्यहाँ फसेको सशस्त्र प्रहरीको भनाइ छ । अन्य सवारीसाधनपछि पुरिएको आशंकामा खोजतलास भइरहेको बताइएको छ । 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनाको प्रकृति हेर्दा पहिरो खस्न थालेसँगै गाडीहरू साइड लागेर सुरक्षित हुन खोजेको र त्यहीबेलामा ठुलो पहिरो गए जस्तो देखिएको बताए ।

शनिबार नै १४ जनाको शव निकालिएको थियो । आज थप १३ जनाको शव निकालिएको हो ।

jhaplakhola pahiro (19)jhaplakhola pahiro (20)

jhaplakhola pahiro (13)jhaplakhola pahiro (14)jhaplakhola pahiro (15)jhaplakhola pahiro (16)jhaplakhola pahiro (17)jhaplakhola pahiro (18)

jhaplakhola pahiro (7)jhaplakhola pahiro (8)jhaplakhola pahiro (9)jhaplakhola pahiro (10)jhaplakhola pahiro (11)jhaplakhola pahiro (12)

jhaplakhola pahiro (2)jhaplakhola pahiro (3)jhaplakhola pahiro (4)jhaplakhola pahiro (5)jhaplakhola pahiro (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप