आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आईपीएलमा प्रत्येक क्लबले खेलाडी खरिद–बिक्रीमा एक अर्ब २४ करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने

आइतबार, १३ असोज २०८१, १२ : ०४
आइतबार, १३ असोज २०८१

काठमाडौँ । सहभागी क्लबहरूले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा ‘रिटेन’ (यसअघि क्लबमा रहेका खेलाडीलाई फेरि आफूसँगै राख्न पाउने) गर्न पाउने खेलाडीको सङ्ख्या बढाइनु पर्ने माग गर्दै आएका थिए ।

सोही अनुसार, आईपीएलको आगामी संस्करणमा क्लबहरूलाई ६ जना खेलाडी ‘रिटेन’ गर्न पाउने अधिकार दिइएको छ । यो नियम लागू भएपछि अब क्लबहरूको खर्च पनि बढ्ने भएको छ । क्लबहरूले आगामी सिजनको आईपीएलमा खेलाडी खरिद–बिक्रीका लागि एक अर्ब २० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

अघिल्लो सिजनको आईपीएलमा खेलाडी खरिद–बिक्रीका लागि एक अर्ब भारतीय रुपैयाँ मात्र खर्च गर्न पाउने अधिकार दिइएको थियो । यदि आईपीएलको आगामी संस्करणमा कुनै क्लबले ६ जना खेलाडीलाई नै ‘रिटेन’ गरेमा त्यो क्लबको कति रकम खर्च हुन्छ त ?

यसपटक पहिलो तीन खेलाडीलाई रिटेन गर्न क्लबहरूले क्रमशः १८ करोड, १४ करोड र ११ करोड भारतीय रुपैयाँ खर्च गर्नेछन् । त्यसपछि बाँकी दुई खेलाडीलाई ‘रिटेन’ क्रमशः १८ करोड र १४ करोड खर्च हुनेछ ।

यसका अतिरिक्त, अधिकांश क्लबले राइट टु म्याच कार्ड (आरटीएमसी) नियम अन्तर्गत थप एक खेलाडी ‘रिटेन’ गर्ने सम्भावना देखिन्छ । यसको अर्थ सुरुका पाँचजना खेलाडी ‘रिटेन’ गर्न खेलाडीले एक अर्ब २० करोडमध्ये ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछन् ।

‘राइट टु म्याच कार्ड’ नियम लागू भएपछि अब पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्सका लागि स्टार खेलाडी महेन्द्रसिंह धोनीलाई ‘रिटेन’ गर्ने बाटो पनि खुलेको छ । नयाँ नियमअनुसार, सहभागी क्लबहरूले बढीमा पाँचजना ‘क्याप्ड’ खेलाडी (भारतीय र विदेशी) र बढीमा दुई जना ‘अनक्याप्ड’ खेलाडी रिटेन गर्न पाउने छन् । चेन्नईले चाहेमा ‘अनक्याप्ड’ खेलाडीका रूपमा धोनीलाई ‘रिटेन’ गर्न सक्नेछ ।

‘राइट टु म्याच कार्ड’ नियम सन् २०२१ को आईपीएलपछि हटाइएको थियो । यो नियमअनुसार, यदि कुनै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिएको पाँच वर्ष बितिसकेको छ भने त्यस्ता खेलाडीलाई पनि ‘अनक्याप्ड’ खेलाडी नै मानिन्छ । त्यो नियम अनुसार, धोनी पनि ‘अनक्याप्ड’ खेलाडी नै हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप