शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
विपत्ति

दसैँको मुखमा सडक अवरुद्ध हुँदा तनाव थपियो

आइतबार, १३ असोज २०८१, १२ : २५
आइतबार, १३ असोज २०८१

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशैभरका विभिन्न सडक अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहानसम्म पृथ्वी राजमार्ग, कान्ति राजमार्ग बिपी राजमार्ग लगायतका राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेशमा काठमाडौँसहित ३०, कोशीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ८ र कर्णालीमा १ स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

दसैँ नजिकिइसकेको अवस्थामा यी सडकहरू अब कसरी  छिटो मर्मत गर्ने भन्नेबारे चिन्ता थपिएको छ । 

दसैँकै लागि भनेर शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । यतिबेला यातायात व्यवसायीहरू टिकट बिक्री गर्ने कि रोक्ने विषयमा अन्यौलता रहेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । 

‘टिकट बुकिङ खुला गरेर टिकट काटिरहेका छौँ । यात्रुहरू झमझम पानीमा छाता ओढेर टिकट काटिरहनुभएको छ,’ सिटौलाले भने, ‘घटस्थापनादेखि हामीले टिकट बुकिन गरेका यात्रुलाई गन्तव्यमा पु-याउनुपर्छ । काटेको टिकटमा यात्रुलाई गन्तव्यमा पु-याउन सकिन्छ कि सकिँदैन भन्ने निश्चित नभएको अवस्थामा हामीले यात्रुलाई कन्भिन्स गर्ने ?’

सिटौलाकाअनुसार सरकारसँग २० बुँदे सहमति गरेर अग्रिम टिकट बुकिङ खुलाउँदा सहमतिको बुँदा नम्बर १ मै बाटोको अवस्थाबारे उल्लेख थियो ।जसमा  सरकारले सडकको खाल्डाखुल्डीसम्म पुर्ने उल्लेख भएपनि अहिले  ठाउँ ठाउँमा गएको पहिरो क्लियर भएर गाडी छिर्नसक्ने अवस्था नै बन्छ कि बन्दैन भन्ने निश्चित नभएको उनी बताउँछन् ।

सडक विभागका सूचना अधिकारी अमित कुमार शर्माले अहिले अवरोध भएका राजमार्ग र सडक तत्काल खुलाउन नसकिने देखिएको र मन्त्रालयसँग छलफल गरी सडक खुलाउने बताए ।

‘कतिपय स्थानमा पहिरो गएर सडक अवरोध भएको तत्काल खुलाउन सकिने अवस्था पनि छैन । अवरुद्ध सडक खुलाउने विषयमा आज मन्त्रालयमा छलफल गर्ने र योजना बनाएर सडक खुला गर्ने छौँ,’ शर्माले भने । 

अवरुद्ध राजमार्गहरु खुला गरी दसैँमा यात्रुहरुलाई गन्तव्यमा पु-याउन सहज हुने गरी काम अघि बढाउने प्रयास गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप