२ खर्बपति क्लबमा फेसबुकका मार्क जुकरबर्ग

वाशिङटन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्ग २ खर्ब डलरको मालिक भएका छन् । २०० खर्ब डलर क्लबमा छिर्ने उनी चौथो व्यक्ति हुन् ।
ब्लुम्बर्गको बिलेयिनर्स इन्डेक्सका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब १ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा जुकरबर्गको नेटवर्थ ७३ अर्ब ४० करोड डलर बढिसकेको छ ।
जुकरबर्ग टेस्लाका सीईओ एलन मस्क, एमाजनका हाकिम जेफ बेजोस, फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका सीईओ बर्नार्ड आर्नो पछि २ खर्ब डलरको सम्पत्ति हुने विश्वका चौथो व्यक्ति बनेका छन् । ४० वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुक खोलेका थिए ।
यस वर्षको अहिलेसम्मको अवधिमा मेटाको शेयर मूल्य ६४ प्रतिशतले बढिसकेको छ । मेटाले फेसबुक, इन्ष्टाग्राम, थ्रेड्स लगायतका चर्चित सामाजिक सञ्जाल र इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्स एप चलाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ