आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हसन नसरल्लाहको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेनले के भने ?

आइतबार, १३ असोज २०८१, १० : ५३
आइतबार, १३ असोज २०८१

वाशिङटन डीसी । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सशस्त्र समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको छ । उनको मृत्युपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गरेका छन् ।

‘विगत चार दशकको आतङ्कमा हसन नसरल्लाह र उनको नेतृत्वमा रहेको आतङ्कवादी समूह हिजबुल्लाह सयौं अमेरिकीहरूको हत्याका लागि जिम्मेवार थिए ।’ विज्ञप्तिमा बाइडेनले भनेका छन् । इजरायली हवाई आक्रमणमा नसरल्लाहको मृत्युलाई हजारौँ अमेरिकी, इजरायली र लेबनानी नागरिकहरू सहितका धेरै पीडितहरूका लागि न्याय बताइएको छ ।

अमेरिकाले हिजबुल्लाह, हमास, हुथी र इरानद्वारा समर्थित अन्य आतङ्कवादी समूहविरुद्ध इजरायलको आफ्नो रक्षा गर्ने अधिकारलाई पूर्ण समर्थन गर्ने पनि उनले बताए । 

‘हाम्रो उद्देश्य गाजा र लेबनानमा जारी द्वन्द्वलाई कूटनीतिक माध्यमबाट कम गर्ने हो । हामी लेबनानमा एउटा सम्झौतामा वार्ता गरिरहेका छौँ जसले मानिसहरूलाई इजरायल र दक्षिणी लेबनानमा सुरक्षित रूपमा आफ्नो घर फर्काउनेछ ।’ विज्ञप्तिमा अझ अगाडि भनिएको छ । अब मध्यपूर्वको फराकिलो क्षेत्रलाई थप स्थिर बनाउने समय आएको पनि बाइडेनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप