आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : क्लबले ६ खेलाडी ‘रिटेन’ गर्न पाउने , फेरि ‘आरटीएमसी’ नियमको प्रवेश

आइतबार, १३ असोज २०८१, १० : ५०
आइतबार, १३ असोज २०८१

काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा सहभागी क्लबहरुले ६ जना खेलाडी रिटेन गर्न (यसअघि क्लबमा रहेका खेलाडीलाई फेरि आफूसँगै राख्न) पाउने भएका छन् ।

आईपीएल क्लबहरुले रिटेन गर्न पाउने खेलाडीको संख्या बढाइनु पर्ने माग लामो समयदेखि राख्दै आएका थिए । सोही अनुरुप भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी संस्करणमा ६ जना खेलाडी रिटेन गर्न पाउने नियम लागू गरेको हो ।

यसैगरी, आईपीएलको आगामी सिजनमा राइट टु म्याच कार्ड (आरटीएमसी) को नियम पनि पुनः लागू गरिने भएको छ । तर, यो नियममा केही परिवर्तन भने गरिएको छ । त्यसले क्लब र खेलाडीलाई थप सहयोग पु¥याउने विश्वास गरिएको छ ।

आगामी आईपीएलको मेगा अक्सनअघि सबै क्लबले ६ खेलाडी रिटेन गर्न पाउने छन् । त्यसमा ‘राइट टु म्याच कार्ड’ नियम लागू हुनेछ । सहभागी क्लबहरुले बढीमा पाँचजना ‘क्याप्ड’ खेलाडी (भारतीय र विदेशी) र बढीमा दुईजना ‘अनक्याप्ड’ खेलाडी रिटेन गर्न पाउने छन् ।  

कुनै पनि देशको सिनियर टोलीसँग निरन्तर रुपमा जोडिएको र राष्ट्रिय टोलीबाट कम्तिमा एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको खेलाडीलाई ‘क्याप्ड’ खेलाडी भन्छि । अर्कोतिर, प्रथम श्रेणीको क्रिकेट खेलेको तर, राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरेको खेलाडीलाई ‘अनक्याप्ड’ खेलाडी भन्छि ।

आईपीएलको सन्दर्भमा भने सुरुदेखि नै एउटा नियम लागू हुँदै आएको छ । त्यो नियम अनुसार, यदि कुनै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिएको पाँच वर्ष बितिसकेको छ भने त्यस्ता खेलाडीलाई पनि ‘अनक्याप्ड’ खेलाडी नै मानिन्छ ।

यदि कुनै क्लबले मेगा अक्सनअघि नै ६ जना खेलाडीलाई ‘रिटेन’ ग¥यो भने त्यो क्लबसँग मेगा अक्सनमा कुनै पनि ‘राइट टु म्याच कार्ड’ बाँकी रहने छैन । यदि कुनै क्लबले पाँच वा त्योभन्दा कम खेलाडी ‘रिटेन’ गर्छ भने त्यो क्लबसँग अक्सनमा त्यति नै धेरै ‘राइट टु म्याच कार्ड’ बाँकी रहने छ र त्यस्तो क्लबले अक्सनमा त्यो कार्ड प्रयोग गर्न पाउने छ ।

आईपीएलको आगामी संस्करणमा राइट टु म्याच कार्ड नियमअन्तर्गत अक्सनमा कुनै निश्चित खेलाडीमाथि सबैभन्दा बढी बोली लगाउने क्लबले पनि एकपटक पुनः अवसर पाउने छ । त्यस्तो क्लबले एकपटक पुनः आफ्नो बोली बढाउन पाउने छ ।

उदाहरणका लागि यदि इशान किशनको अक्सन भइरहेको छ । अक्सनमा इशान किशनमाथि चेन्नई सुपर किङ्सले ६ करोड रुपैयाँको सबैभन्दा बढी बोली लगायो । यस्तो स्थितिमा मुम्बई इन्डियन्स (हाल इशान किशन रहेको क्लब) ले पनि उनीमाथि राइट टु म्याच कार्ड प्रयोग गर्न पाउने छ ।

मुम्बई इन्डियन्सले आफू त्योभन्दा बढी बोली लगाउन तयार रहेको बताएमा चेन्नई सुपर किङ्सलाई पुनः बोली बढाउने अनुमति दिइने छ । त्यसपछि चेन्नईले बोली बढाएर १० करोड पु¥याएको स्थितिमा पनि उनको पुरानो क्लब मुम्बईले राइट टु म्याच कार्ड प्रयोग गर्दै आफूले त्यति नै रकम तिरेर इशान किशनलाई भित्राउन सक्छ । 
यसैगरी आगामी आईपीएलमा ‘इम्प्याक्ट प्लेयर’ को नियमले पनि निरन्तरता पाउने भएको छ । यद्दपि, केही क्लब र खेलाडीले ‘इम्प्याक्ट प्लेयर’ को नियममाथि विचार गरिनु पर्ने धारणा ब्यक्त गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप