आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
उद्धार

पीडित नागरिकको उद्धारमा सरकारको चरम उदासीनता देखियो :  प्रचण्ड

आइतबार, १३ असोज २०८१, ११ : ४२
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् ।  

राजधानीमै उद्धारका लागि लामो समय प्रतीक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने पीडादायी अवस्था देखिनु जनताप्रति सरकारको चरम उदासीनता पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । 

ठुलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनर्स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेभन्दै तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

बेपत्ता नागरिकको खोजी, बिस्थापितहरुको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

461561972_1053367582820304_5392867218751187764_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप