आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सबै विमानस्थल खुला, नियमित उडान सुरु

आइतबार, १३ असोज २०८१, १० : ०५
आइतबार, १३ असोज २०८१

काठमाडौँ । तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको छ । बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन । मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प रहे ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ । 

आज आइतबार भने देशका सबै विमानस्थल खुलेका छन् । हुस्सुका कारण बिहान केही बेर उडान प्रभावित भए पनि ९ बजेदेखि भने सबै विमानस्थलमा नियमित उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप