आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रिसकी नासिया नेपालमा

आइतबार, १३ असोज २०८१, १० : ०१
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रिसकी प्रतिभाशाली खेलाडी नासिया लिआग्की नेपाल आइपुगेकी छन् । उनले ’कर्णाली यश्विज’ बाट महिला भलिबल लिग खेल्नेछिन् ।

नासियालाई ‘कर्णाली यश्विज’का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनले नेपालजस्तो सुन्दर देशमा भलिबल लिग खेल्न पाउँदा आफूलाई गौरव लागेको प्रतिक्रिया दिइन् । उनले टोलीलाई सफल बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

नासिया ग्रिसको घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी ग्रिसको राष्ट्रिय भलिबल टोलीकी प्रभावशाली खेलाडी पनि हुन् । उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छन् ।

कर्णाली याश्विजबाट महिला भलिबल लिग खेल्न नेपाल आइपुग्ने उनी तेस्रो विदेशी खेलाडी हुन् । अमेरिकाकी  खेलाडी ग्याब्रियल बेन्डा र टर्कीकी आउटसाइड हिटर जेनेप आउटर्यान कर्णाली याश्विजबाट खेल्न यसअघि नै नेपाल आइसकेका छन् ।

कर्णाली याश्विज टोलीको प्रमुख प्रशिक्षकका रुपमा कुमार राई रहेका छन् । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुँदै छ । लिगमा ६ टोलीको सहभागितामा रहने छ । 

कर्णाली याश्विज टोलीमा विदेशी खेलाडीका अतिरिक्त सुमित्रा रेग्मी, मीना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहरा र पशुपति बोहरा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप