मेस्सीको गोलले हारबाट जोगियो इन्टर मियामी
आइतबार, १३ असोज २०८१, ०९ : ३२

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) फुटबलको आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना स्टार लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामी बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई शार्लोट फुटबल क्लबले १–१ गोलको बराबरीमा रोकेको हो ।
मेस्सीले इन्टर मियामीलाई सम्भावित हारबाट जोगाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औँ मिनेटमा शार्लोटले अग्रता लिएको थियो । इन्टर मियामीको घरेलु मैदानमा खेलिएको उक्त खेलमा शार्लोटका लागि कारोल स्विडर्सकीले गोल गरेका थिए ।
तर, शार्लोटको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ६७औँ मिनेटमा इन्टर मियामीका लागि मेस्सीले बराबरी गोल गरेका थिए । खेलका क्रममा इन्टर मियामीका अर्का प्रभावशाली खेलाडी लुइस स्वारेजले केही गतिला अवसर खेर फालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला
गभर्नरका रूपमा अधिकारीको ‘सन्तुष्टिको पाँच वर्ष’ : के–के भए उपलब्धि ?
लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै धमाधम मुटुको अप्रेसन, सात जनाको मृत्यु