आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
बाढी पहिरो

गोरखाबाट काठमाडौँ जाँदा सम्पर्कबिहीन भएको बस झ्याप्लेखोलामा पुरिएको आशङ्का

एक्साभेटरको सहायताले खोतल्न थालियो
आइतबार, १३ असोज २०८१, ०९ : २६
आइतबार, १३ असोज २०८१

पोखरा । गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा सम्पर्कविहीन भएको बस धादिङको झ्याप्लेखोलामा पुरिएको आशङ्का गरिएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो । 

बसको केही भाग देखिएपछि एक्साभेटरको सहायताले खोतल्न सुरु गरिएको छ । यद्यपि बस नम्बर भने  देखिएको छैन । पहिरो खोतल्ने क्रममा बसको छत भेटिएको बताइएको छ । 

बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।

बसमा बसका धनी तथा चालक आरुघाट ४ धावाका मदन परियार र सहचालक फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई तथा यात्रु धार्चेका सुक गुरुङ थिए । अरु भए नभएको पहिचान छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप